प्रबन्ध सम्पादक — फिचर्स, इन्भेस्टिगेशन, इन्टरप्राइज

कान्तिपुर दैनिक र द काठमाडौँ पोष्ट नीति निर्माता, कुटनीतिज्ञ, अग्रणी उद्योगपति, नागरिक समाज तथा स्वदेश र प्रवासी नेपालीहरूमाझ अत्यधिक पढिने प्रकाशनहरू हुन्। कान्तिपुर मिडिया ग्रुपद्वारा प्रकाशित यी दुई पत्रिकाका न्युजरूमहरूले दशकौं देखि देशका महत्वपूर्ण मुद्दाहरूलाई केन्द्रमा राखेर दुई फरक भाषामा पाठकवर्गमाझ समाचार, विचार र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

बदलिदो समयसँगै पत्रकारिताको आवश्यकता र यसका चुनौती बढेसँगै जिम्मेवार र उत्तरदायी पत्रकारिताको अवसर र दायरा पनि झनै ठूलो हुँदै जान्छ। त्यसले कान्तिपुर मिडिया ग्रुपले प्रबन्ध सम्पादकका लागि यो विज्ञापन आह्वान गरेको छ । प्रबन्ध सम्पादक पदका आवेदकले त्यस्तो शैलीको निर्माण र नेतृत्व गर्नुपर्नेछ जसको अभाव नेपाली पत्रकारिता उद्योगमा देखिएको छ । सामाजिक र राजनीति बिषयबारे उजागर नभएका बिषय र मुद्धाहरुलाइ सतहमा ल्याउने फिचर रिपोर्टिङ अनि शक्तिमा रहेकालाई जवाफदेही बनाउने खोजमुलक (investigation) स्टोरीहरू र आम पाठकवर्गलाई उनीहरूको जीवनमा प्रत्यक्ष/परोक्ष प्रभाव पार्ने बिषयहरुबारे बुझ्न मद्दत गर्ने मौलिक तथा इन्टरप्राइज रिपोर्टिंङका लागि यो पदका आवेदकहरुले काम गर्नुपर्नेछ ।

प्रबन्ध सम्पादक (फिचर्स, इन्भेस्टिगेशन, इन्टरप्राइज) एक नेतृत्वदायी पद हो जसले दुवै पत्रिकामा लङ-फर्म (long-form) फिचर्स, खोजमूलक स्टोरी र इन्टरप्राइज रिपोर्टिंगहरूको माध्यमबाट अर्थपूर्ण पत्रकारिताको गुणस्तर वृद्धिका लागि समाचारका एजेन्डाहरु तय गर्ने काम गर्नु पर्नेछ।

प्रबन्ध सम्पादकले कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका क्रस-पब्लिकेशन टिमको नेतृत्व गर्दै कान्तिपुर मिडिया ग्रुपको सम्पादकीय पहिचान र सार्वजनिक प्रभावलाई परिभाषित गर्ने पत्रकारिताका लागि जिम्मेवार भूमिका खेल्नु पर्नेछ ।

प्रबन्ध सम्पादकले कान्तिपुर दैनिक र द काठमाडौं पोस्टका सम्पादकहरूसँगको सहकार्यमा स्थायी महत्वका स्टोरी ‘असाइन’ र ‘कमिसन’ गर्नुका साथै प्रकाशित हुँदा सम्मका प्रक्रियामा संलग्न हुनुपर्नेछ। प्रबन्ध सम्पादकले दुवै भाषाका पाठकहरूकालागि विभिन्न प्लेटफर्ममा काम गर्नुपर्नेछ । यसका अलवा दुई प्रकाशनहरूलाई फरक-फरक नभइ एक अर्काको परिपुरक हुन् भन्ने अवधारणाका साथ जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । हामी उक्त भूमिकाका लागि बलियो निर्णय क्षमता भएका र न्यूजरुमसँग सहज संवाद गर्नसक्ने यस्तो सम्पादकको खोजिमा छौं जसले न्युजरूमद्वारा उत्पादित स्टोरीहरू उच्च-स्तरीय सम्पादकीय दृष्टिकोण र सन्दर्भका साथ् प्रकाशन गर्न भूमिका खेल्नेछ।

भूमिका तथा जिम्मेवारी
  • कान्तिपुर दैनिक र द काठमाडौं पोस्टका फिचर लेखक, खोजमूलक पत्रकार र इन्टरप्राइज स्टोरी रिपोर्टरहरूको टोलीको नेतृत्व र व्यवस्थापन ।

  • फिचर्स, खोजमुलक र इन्टरप्राइज स्टोरीहरूको अवधारणा निर्माण (आइडिया कन्सेप्चुवलाइजेशन) देखि सम्पादन, तथ्य-जाँच र प्रकाशनसम्मको प्रक्रियाको जिम्मेवारी।

  • बिट रिपोर्टहरू तथा विभागीय (सेक्सन) सम्पादकहरूसँग समन्वय गर्दै सम्भावित खोजमुलक तथा इन्टरप्राइज स्टोरीहरूको पहिचान गर्ने तथा ति स्टोरीहरूलाई दैनिक ‘न्युज साइकल’बाट स्तरोन्नति गर्न मार्गनिर्देशन दिने।

  • उत्तरदायी पत्रकारितामा केन्द्रित हुँदै नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक प्राथामकिताहरू प्रतिविम्बित गर्ने स्टोरी (दैनिक तथा साप्ताहिक रूपमा प्रस्तावित, सम्पादनमा रहेका तथा प्रकाशन क्रममा रहेका स्टोरीहरू, शीर्षक तथा प्रकाशन तालिकाको सूची) निर्माण गर्ने।

  • ग्रुप एडिटोरियल डाइरेक्टरसँगको नजिकको सहकार्यमा सम्पादकीय रणनीति तय गर्ने। साथै फिचर्स तथा खोजमुलक स्टोरी/ रिपोर्टिंगहरू कान्तिपुर मिडिया ग्रुपका प्रिन्ट संस्करण तथा डिजिटल प्लेटफर्महरूमा उपयुक्त भिजुअल/ मल्टिमिडिया सहित एकीकृत रुपमा प्रकाशन हुने चाजोपाँजो मिलाउने ।

  • सत्यता, निष्पक्षता, स्रोतको गोपनीयता र कानुनी मापदण्ड जस्ता अत्यावश्यक सम्पादकीय मर्मलाइ कडाइका साथ पालना गर्ने।

  • समाचार कक्षमा पाठक-केन्द्रित रिपोर्टिंग/ स्टोरी-टेलिङ्गको संस्कृतिको विकास गर्ने; रिपोर्टरहरूलाई – विशेष गरी जुनियर/नयाँ तथा प्रशिक्षार्थी – इन्टरप्राइज स्टोरीहरूका लागि आइडिया कसरी पिच गर्ने (प्रस्ताव गर्ने) तथा न्यारेटिभ बुन्ने कला आदिका बारेमा तालिम/ प्रशिक्षण दिदै निरन्तर सहकार्य गर्ने ।

  • सान्दर्भिक/ आवश्यक परेको अवस्थामा जटिल तथा समय लाग्ने स्टोरीहरूको टाइमलाइन व्यवस्थापन गर्ने; साथै यस्ता स्टोरीहरू नेपाली तथा अंग्रेजी प्लेटफर्महरूमा संगसंगै प्रकाशन गर्नका लागि समन्वय गर्ने।

अनुभव तथा योग्यता
  • कुनै प्रमुख मिडियामा सम्पादकीय नेतृत्वको अनुभव सहित पत्रकारितामा कम्तिमा १२ वर्षको अनुभव।
  • सम्पादनमा दक्षता; खोजमुलक, इन्टरप्राइज तथा फिचर स्टोरीहरू सम्पादन गरेको अनुभव — विशेष गरी त्यस्ता स्टोरीहरूमा काम गरेको अनुभव जसले सार्वजनिक जवाफदेहीता निर्माणका लागि काम गरेको होस ।
  • नेपालको राजनीतिक, संस्थागत र सामाजिक परिदृश्य र सांस्कृतिक संवेदनशिलतासँग परिचित ।
  • नेपाली र अंग्रेजी भाषामा राम्रो पकड भएको; दुवै भाषामा सम्पादन गर्न सक्ने क्षमता अनिवार्य ।
  • सम्पादकीय टिम व्यवस्थापनमा अनुभवी; दिशा निर्धारण, विवाद समाधान, प्रतिभा विकास र टिमको मनोबल कायम राख्न सक्ने।
  • डेड्लाइनको दबाबका बीच न्युजरुममा छिटो र सही सम्पादकीय निर्णय लिन सक्ने ।
  • पत्रकार आचारसंहिता, मानहानी (गालि बेइज्जति सम्बन्धी) कानुन तथा स्रोत संरक्षण सम्बन्धी सिद्दान्त र मूल्य मान्यताबारे जानकार।
  • लोकतन्त्र, लोकतान्त्रिक संस्था तथा प्रक्रिया र आम मानिसको जनजीवनमा प्रभाव पार्ने पत्रकारिताप्रति प्रतिबद्ध।
  • डाटा पत्रकारिता (Data Journalism), सूचनाको अधिकारमा (RTI) आधारित रिपोर्टिङ वा दस्तावेज-आधारित खोजमुलक स्टोरी लेखन/ सम्पादनसंग परिचित।
  • अन्तर्राष्ट्रिय पत्रकारिता साझेदार (ICIJ, OCCRP, क्षेत्रीय नेटवर्क) सँग सह-रिपोर्टिङ र सह-प्रकाशनका अवसरका लागि सम्बन्ध निर्माण र अनुसन्धान गर्न इच्छुक।
आवेदनसम्बन्धी जानकारी

यस आवेदनका लागि तीनवटा असाइनमेन्ट समावेश गर्नुपर्नेछ।

  • तपाईं यो भूमिका लिन किन चाहनुहुन्छ, र दुई स्थापित सञ्चारगृहलाई एकसाथ समेट्ने गरी यो टोली निर्माण गर्ने योजना कस्तो हुनेछ?
  • बायोडाटा (CV)

२. तपाईंले योजना बनाएका वा अगाडि बढाउन चाहनुभएका तीनवटा महत्त्वाकांक्षी वा अनुसन्धानमूलक आयोजनाका (enterprise/investigative projects) विवरण पेस गर्नुहोस। यीमध्ये कम्तीमा एउटा गैर-पाठ्य ढाँचामा (non-text-based) आधारित idea हुनुपर्नेछ।

३. नेपालमा वा अन्तर्राष्ट्रिय स्तरमा हालै प्रकाशित एउटा अनुसन्धानमूलक समाचार छनोट गर्नुहोस र त्यसको विश्लेषण गर्नुहोस:

  • समाचारमा के राम्रो गरिएको छ?
  • कहाँ कमजोरी वा खाली ठाउँ छ?
  • त्यसलाई कसरी सुधार गर्न सकिन्थ्यो?

आवेदन corporate@kmg.com.np मा पठाउनुहोस्। इमेलको विषय (subject line) मा Managing Editor — Kantipur Publications उल्लेख गर्नुहोस।

Managing Editor, Features, Investigations & Enterprise

Kantipur Daily and The Kathmandu Post are Nepal’s most read news publications, together reaching policymakers, diplomats, business leaders, civil society, and the Nepali public at home and abroad. Published by Kantipur Media Group, the two newsrooms have spent decades at the center of the country’s most consequential conversations, in two languages, across two distinct but complementary audiences.

As the demands on Nepali journalism deepen, the opportunity to do more ambitious, accountability-driven work has never been greater. We are looking for a rigorous, deeply skilled editor to build and lead that style of journalism that fills an existing gap in the industry: the features that reveal, the investigations that hold power to account, and the enterprise reporting that helps readers understand the forces shaping their lives.

The Managing Editor for Features, Investigations and Enterprise is a senior editorial leadership role created to elevate the most consequential journalism across both publications: long-form features, accountability and investigative reporting, and enterprise stories that set the news agenda. This editor will lead a cross-publication team responsible for the journalism that defines Kantipur Media Group’s editorial identity and public impact.

The role works in close collaboration with the editors of Kantipur Daily and The Kathmandu Post to commission, develop, and publish work of lasting significance. It will work across languages, audiences, and platforms and is expected to approach both publications as complementary voices rather than separate silos. We’re looking for someone with the judgment, flexibility, and authority to operate at a higher-level editorial perspective while remaining close to the stories the team will produce.

What you’ll do
  • Lead and manage a cross-publication team of features writers, investigative reporters, and enterprise journalists across both Kantipur Daily and The Kathmandu Post

  • Own the editorial pipeline for long-form, investigative, and enterprise journalism, from story conception and development through editing, fact-checking, and publication

  • Work closely with beat reporters and section editors to identify stories with investigative or enterprise potential, and guide them beyond the daily news cycle

  • Develop and maintain a forward-looking story budget that reflects Nepal’s political, economic, and social priorities, with particular emphasis on accountability journalism

  • Collaborate with editorial leadership on editorial strategy and ensure features and investigations are integrated into each publication’s digital and print platforms with appropriate visual and multimedia support

  • Uphold rigorous editorial standards — accuracy, fairness, source protection, and legal compliance — across all long-form and investigative work

  • Build a culture of ambitious, reader-first storytelling within the team; mentor junior reporters in enterprise reporting skills, pitch development, and narrative craft

  • Manage publication timelines for complex projects, including coordinating simultaneous publication across Nepali and English platforms when relevant

Who you are
  • A senior journalist with at least 12 years of experience, including meaningful time in an editorial leadership capacity at a major news organization
  • A skilled editor with a strong track record developing and editing investigative, enterprise, or long-form journalism — ideally work that has driven public accountability
  • Deeply familiar with Nepal’s political, institutional, and social landscape
  • Fluency in Nepali and English is required and the confidence to edit in both languages is strongly preferred
  • Experienced managing editorial teams by setting direction, resolving conflicts, developing talent, and maintaining morale
  • Comfortable operating in a fast-moving newsroom and making quick editorial judgment calls under deadline pressure
  • Strong command of journalistic ethics and understanding of defamation law and source protection principles
  • Genuinely motivated by journalism that matters to people’s lives and the health of democratic institutions
  • Some familiarity with data journalism, RTI-driven reporting, or document-based investigations preferred
  • Willingness to research, explore and build relationships with international journalism partners (ICIJ, OCCRP, regional networks) for co-reporting and co-publication opportunities
How to Apply

To apply, please submit the following by April 15, 2026:

  • A cover letter (no more than two pages) explaining why you want this role and how you’d build a team from scratch that straddles two legacy newsrooms

  • A full CV or resume

  • Three examples of enterprise and/or investigative projects you’d undertake in the role, at least one of which should be a non-text-based story idea

  • Pick a recent investigative story — published in Nepal or internationally — and critique what it gets right, where the gaps are, and how you’d improve it

Send your application to corporate@kmg.com.np with the subject line: Managing Editor — Kantipur Publications